सुनसरी । सहज रुपमा स्थानीय सेबाग्रायीहरुलई अक्सिजन अभावका कारण समस्या नहोस भनर नेपाली कांग्रेस वराहक्षेत्रका नेता नवराज बस्नेतको पहलमा  प्रकासपुर स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।

 ३ लाख मूल््य वरावरको उक्त कन्सट्रेटर एक कार्यक्रम विच प्रमुख अतिथी नेपाली कांग्रेसका महा समिति सदस्य बाबुराम बिष्टले स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वराहक्षेत्र वडा नं १० का अध्यक्ष महेन्द्रबहादुर खत्रीलाई  हस्तान्तरण गरेको छ  ।

सहज रुपमा स्थानीय क्षेत्रमै सेबाग्रायीहरुलई अक्सिजन उपलब्ध गराउने उदेश्य राखेर पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान नेबिसंघ पुर्व सभापति अशोक बस्नेतको सक्रियतामा हङकङ नेपाली महासंघका युवाहरुले अक्सिजन कन्सट्रेटर उपलब्ध गराएको नवराज बस्नेतले बताए । 

 उक्त अक्सिजन कन्सन्ट्रेटर प्रति मिनेट १० लिटर उत्पादन गर्ने सक्ने क्षमताको रहेको छ ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु शंकर बस्नेत , कालुराम चौधरी , महाधिवेशन प्रतिनिधि अनिल राई , महिला संघ वराहक्षेत्र  १० सभापति कमला कट्वाल लगाएको उपस्थिति रहेको थियो ।