इटहरी । इटहरी जेसिजका अध्यक्ष जेसी मिसन पराजुलीले प्रतिष्ठित ‘Dynamic Area LOM President Award (Male)’ प्राप्त गरेका छन्।

मिति २०८३ असोज ९ र १० गते चारआली जेसिजको आतिथ्यतामा नेपाल जेसिजको आयोजनामा सम्पन्न क्षेत्र ‘क’ सम्मेलनमा ४७ वटा शाखाका अध्यक्षमध्ये पुरुषतर्फबाट एक जना अध्यक्षलाई प्रदान गरिने उक्त सम्मान पराजुलीले प्राप्त गरेका हुन्।

अध्यक्ष पराजुलीको नेतृत्व, प्रतिबद्धता तथा निरन्तर सक्रियताको मूल्यांकन गर्दै प्रदान गरिएको यो सम्मानले इटहरी जेसिजको नेतृत्व र टिमवर्कलाई समेत सम्मान गरेको बताइएको छ।

सम्मानपछि इटहरी जेसिजले अध्यक्ष पराजुलीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उपलब्धि अध्यक्षको व्यक्तिगत प्रयाससँगै महासचिवलगायत सम्पूर्ण बोर्ड पदाधिकारीको सामूहिक मेहनत, समर्पण र सहकार्यको परिणाम भएको जनाएको छ।

इटहरी जेसिजले आगामी दिनमा समेत थप प्रभावकारी तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।