इटहरी । कोरोना कहर लम्बिरहदा प्रदेस नम्बर १ को आर्थिक समृद्धिको मेरोदण्ढ मानिएको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्दा व्यवसायीको ठुलो लगानी सहित धेरैको रोजगारी जोखिम पर्न थालेको छ ।
भौगोलिक प्राकृतिक मनोरमता , वहुजाति, भाषाभाषी र धर्म संस्कृति मान्ने मानिसहरुको सघन बसोबास रहेका कारण पनि प्रदेस नम्बर १ आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको पर्यटन व्यवसाय समेत कोरोना कहर लम्बिरहदा लगानी र रोजगारी जोखिममा परहेको हो ।
समुन्द्र सतहबाट ५८ मिटर मात्र उचाईमा रहेको गहिरो स्थान केचनावल देखि लिएर विश्वकै सबै भन्दा अग्लो हिमाल सगरमाथा सम्म रहेको रहेको प्रदेस नम्बर १मा प्राकृतिक ,भौगोलिक , धार्मिक पर्यटकीय स्थलका साथै विभिन्न स्थानमा पर्यटन व्यवसायीहरुले करोडौंको लागतमा फन पार्कहरु निर्माण गरेपनि अहिले पर्यटन व्यवसाय सुतेको अवस्था रहेको आन्तरिक पर्यटन पुनर उत्थान समिति प्रदेस नम्बर १का संयोजक भविष श्रेष्ठले वताए ।
संयोजक श्रेष्ठले २०७७सालको चैत्रबाट कोरोना कहरले प्रभावित वनाएको पर्यटन व्यवसाय २०७८को अशोज देखि पुन बामे सर्न थालेको अवस्थामा पुन कोरोनाको दोस्रो लहर फैलन थालेपछि गत पुस , माघ महिना देखिनै पुन प्रभावित वन्न पुगेको पर्यटन व्यवसायलाई उकास्न निजी क्षेत्रसंग सरकारले समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
काठमाडौं उपत्यकापछिको पर्यटकीय गतिविधि हुने प्रदेस नम्बर १मा आन्तरिक पर्यटकहरुका साथै छिमेकी मुलुक भारत सहित तेस्रो मुलुक देखिमा पर्यटकहरु समेत घुम्न आउने गरेपनि दोस्रो लहरको कोराना कहरले पर्यटकीय गतिविधि सुस्ताएको छ । झापाको झिलझिलेमा आन्तरिक पर्यटकहरुको साथै छिमेकी ठुलो भारतका पर्यटकहरुलाई लक्षित गरि निमार्ण गरिएको वाटर किण्डम पार्क एण्ड रिसोटका सञ्चालक राजकुमार संग्रौला सञ्चालनका लागि पार्क तयारी गरेर परिक्षणका लागि सञ्चालन गरेपनि पुन कोरोना कहर सुरु भएपछि वन्द गर्नु परेको गुनासो गर्दछन ।
प्रदेस नम्बर १मा रहेका पर्यटकीय क्षेत्रको अवस्थामा विषयमा अध्ययन अवलोकन गरे आगामी दिनमा पर्यटन व्यवसायलाई सहज रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर आन्तरिक पर्यटन पुनरउत्थान समिति प्रदेसन नम्बर १का संयोजक श्रेष्ठको नेतृत्वमा , सहसंयोजक बासुदेव बराल, सदस्य जिवन पराजुली , होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी , झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ , पर्यटन व्यवसायी एलिना मगर , सुरज श्रेष्ठ , जयकुमार उपाध्याय , खेम ओली लगायतको टोलीमा सहभागिता रहेको थियो । टोलीले मोरगं र झापाका केही पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गरेको थियो ।




















