मोरगं । एमसिसी लागु नगर्न दवाव दिन विरोध कार्यक्रमहरु गर्ने क्रम वढी रहेको समयमा मोरगंको विराटनगरमा पनि युवा संघ नेपालले एमसिसी लागु नगर्न दवाव मुलक कार्यक्रमम गरेको छ ।

    अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसिसी मुलुकको हितविपरित रहेको भन्दै लागु नगर्न दवाव दिन युवा संघ विराटनगर महानगर कमिटीले एमसिसीको विरोधमा प्ले कार्ड सहित प्रर्दशन गरेको हो ।IMG-20210731-WA0001

    विराटनगरको रोडशेष चोकमा युवा संघका कार्यकर्ताहरुले आफ्नो देश आफै वनाउऔं एमसिसीको विरोध गरौं, गो ब्याक एमसिसी , जनताको चाहना वाह्य हस्तक्षेप मुक्त देशको परिकल्पना लगायतका नारा लेखिएका प्ले काड सहित प्रर्दशन गरेका थिए । 

 विरोध प्रर्दशन कार्यक्रममा युवा संघ नेपाल विराटनगर महानगर कमिटिका अध्यक्ष सुरेन शाक्यले एमसिसीले राष्ट्र्को अहित गर्ने भएको कारण एमसिसी ल्याउन आफुहरुले नदिने चेतावनी दिए ।

  एमसिसी सम्झौता नगर्न युवा संघले खवरदारी कार्यक्रमहरु जारी राख्ने युवा संघ मोरगं जिल्ला सहसचिव राजु पौडेलले जानकारी दिए ।