इटहरी । अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन एमसिसी सम्झौता गरिए विदेशी हस्तक्षेप वढ्ने भन्दै सम्झौता नगर्न इटहरीमा वृहत मोटरसाईकल तथा कार र्याली हुने भएको छ ।
पूर्वाञ्चलबासी नेपाली जनताको नाममा एमसिसी सम्झौता नगर्न खवरदारी गर्दै साउन १६ गते शनिवार १२ बजे इटहरीको चिन्तन चौतारी देखि विराटनगर सम्म वृहत मोटरसाईकल,कार र्याली गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 
पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट एमसिसी सम्झौता गर्नु नहुने विषयमा आकास सुब्बा , हिरा आचार्य लगायतले जानकारी दिएका थिए ।
एमसिसी सझौता गरिए मुलुक उपनिवेशकरण तर्फ धकेलीने भन्दै नेपाल र नेपाली जनताको हित विपरित हुने एमसिसी सम्झौता नगर्न दवाव दिन मोटरसाईकल र्याली पछि कोणसभा गरिने समेत सो अवसरमा जानकारी गराइयो ।
केही वर्ष यता देखि चर्चामा रहदै आएको एमसिसी प्रस्ताव जस्ताको त्यस्तै अनुमोदन गरिए विदेशी हस्तक्षेप वढ्ने तथा मुलुक उपनिवेशकरण तर्फ धकेलिने भन्दै एमसिसी को विरोध हुने क्रम पुर्वी नेपालमा वढ्न थालेको छ ।




















