इटहरी । निजी क्षेत्रको ठुलो लगानी रहेको होटल व्यवसाय सञ्चालनका विषयमा राज्य गम्भीर नवन्दा व्यवसायीहरुको लगानी जोखिममा परेको तथा मजदुरहरुले रोजगारी गुमाउनु परिरहेको इटहरीका होटल व्यवसायीहरुले गुनासो गरेका छन ।

  कोरोना कहरलाई कारण देखाएर वन्द गरिएका अन्य व्यवसायहरु सञ्चालन गर्न दिएपनि होटल व्यवसाय सञ्चालन गर्ने विषयमा राज्य गम्भीर नवन्दा व्यवसायी तथा मजदुरहरु मारमा परेको व्यवसायीहरुले गुनासो गरेका हुन ।

   snapshot_001निजी क्षेत्रबाट ठुलो लगानी र धेरै मानिसहरुलाई रोजगार दिदै आएको होटल तथा पर्यटन व्यवसायको लगानी सुरक्षित र रोजगारी गुम्न नदिने विषयमा सरकार गम्भीर नवनेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले गुनासो गरे ।

 अध्यक्ष पराजुलीले राज्य मौन भएर वसेको भाडाका विषय करका विषयमा केही वोलेको छैन , आफुहरुको लागि खोप राहत ,घर भाडा वैक व्याज , पुनर सवलिकरण कर्जा समेतको व्यवस्था नगरिदा समस्या भई रहेको वताए ।

  होटल व्यवसायका सञ्चालनका विषयमा केन्द्र,प्रदेस र स्थानीय सरकार गम्भीर भएर राहतको प्याकेज सहितको होटल व्यवसायको अवस्था हेरेर राज्यले पुनःसवलिकरणका लागि ५० लाख सम्म ऋण दिनु पर्ने जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले माग गरे ।

  उनले होटल व्यवसार्य सञ्चालनका विषयमा राज्य गम्भीर नवन्दा मजदुरहरु भोकै वन्नु पर्ने अवस्था आई सकेको भन्दै प्ले कार्ड वोकेर सडकमा निस्कन मात्र बाँकी रहेको गुनासो गरे ।  

 इटहरीमा मात्र साना ठुला गरी १५सय होटल व्यवसाय रहेका छन भने २० हजार वढी कामदारहरु रहेको तथ्याँक छ ।