धनकुटा । सल्लेरी आधारभुत विद्यालयका विध्यार्थीहरूका लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सल्लेरी आधारभुत विध्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्यनरत विध्यार्थीहरूकालागि सरकारले दिदै आएको नियमित तर्फको छात्रावृत्ति र सन्ध्या स्मृति छात्रावृत्ति अक्षय कोषको छात्रावृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो ।
विध्यालय व्यावस्थापन समितिका अध्यक्ष गोविन्द राई एवं सन्ध्या स्मृति छात्रावृत्ति अक्षय कोषका संस्थापक सन्दिप श्रेष्ठले छात्रवृत्ति वितरण गर्नु भएकोे हो ।
नियमित छात्रवृत्ति पाउनेमा सल्लेरी आधारभुत विध्यालयमा नियमित अध्ययनरत विध्यार्थी कक्षा १ देखि आठ कक्षा सम्म रहेका छन् ।
सन्ध्या स्मृती छात्रवृत्ति पाउनेहरूमा कक्षा ५ मा अध्ययनरत विकल लिम्वु, कक्षा ७ मा अध्ययनरत लक्ष्मी पौडेल, कक्षा २ मा अध्ययनरत विवेक राई, कक्षा ३ मा अध्ययनरत केसिया राई रहनु भएको ।
गरिव तथा जेहेन्दार विध्यार्थीहरूकालागि पठन पाठनमा शहजता होस भन्ने उद्देश्यले विध्यालयमा अक्षय कोष स्थापना गरेको थियो ।
उक्त अक्षय कोषबाट प्रत्येक बर्ष २५ सयका दरले ४ जना विध्यार्थीलाई छात्रवृत्ति दिने गरिएको विध्यालयका शिक्षक शान्तिला तामाङ्गले जानकारी दिनुभयो ।
धनकुटा नगरपालिका निवासि सन्दिप श्रेष्ठले आफ्नो बहिनि सन्ध्या श्रेष्ठको निधन पछि विध्यालयमा २०७५ सालमा सन्ध्या स्मृती छात्रवृत्ति अक्षय कोष स्थापना गरेको हो ।
उक्त कोषबाट विध्यालयमा धेरै विध्यार्थीहरूलाई पठन पाठनमा शहज भएको छ ।




















