धनकुटा  । साँगुरीगढी गाउँपालिका भेडेटार धनकुटाको आयोजनामा पालिका भित्रका एकल महिलाहरूको आयआर्जनका लागि बंगुरको पाठापाठी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

 साँगुरीगढी गाउँपालिकाको चालु आर्थिक बर्ष २०७७र७८ को विनियोजित बजेट मार्फत एकल महिलाको आयआर्जन बढाएर पालिकाकै आर्थिक संमृद्दि गराउने उद्देश्यले एकल एक महिला एक बंगुर पाठी बितरण गरिएको हो ।

साँगुरीगढी गाउँपालिका भेडेटारको आयोजनामा एकल महिलाहरूको आय आर्जन कार्यक्रम अन्तर्गत १० वटा वडाका ७० जना बिपन्न एकल महिलाहरूलाई बङ्गुरको पाठापाठी बितरण गरिएको गाउँपालिका उपाध्यक्ष विन्द्र राईले जानकारी दिनुभयो । 

प्रत्येक वडाका ७ जनाको दरले  गाउँपालिकाका १० वटै वडामा रहेका एकल महिलाहरूलाई  वितरण गरिएको हो ।  उहाँहरूलाई एक घर एक बंगुरको पाठी अभियान अनुरूप वितरण गरिएको हो । 

 वडामा रहेका विपन्न महिलाहरूको आयआर्जनलाई माथि उकास्ने उद्देश्यले वडामा विपन्न महिला छनौट गरि बंगुरको पाठी वितरण गरिएको साँगुरीगढी गाउँपालिकाले जनाएको छ । 

 वडाका एकल महिलाहरूले अनुदानमा बंगुरका पाठी पाउँदा  वडावासिहरूमा खुसि छाएको छ ।

वडाका विपन्न एकल सातजना महिलाहरूको नाम छनौट वितरण गरिएको हो । 

बंगुरको पाठी वितरण कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष विन्द्र राई, योजना शाखा प्रमुख ज्ञान बहादुर राई, शिर्जना हिङ्ममाङ्ग वडाका एकल महिलालगायतको उपस्थिति रहेको थियो ।