पथरी । मोरङको लेटाङ नगरपालिका वडा नम्वर ८ र ९ का तरकारी खेति गर्ने किसानहरुले आधुनिक कृषि उपकरण अनुदानमा पाएपछि खुसी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत तरकारी ब्लक कार्यक्रम लागु भएको लेटाङ-९ र ८ का किसानले अनुदानमा बारी जोत्ने मिनि टेलर र भारी बोक्ने ठेला पाए पछि हर्सित भएका छन् 

विगत १० वर्ष देखी कृषि पेशालाई आम्दानीको मुख्य स्रोत बनाएका जातेका कृषक रुद्र प्रसाद अधिकारीले अनुदानमा मिनि टिलर पाएपछि खुसी हुँदै भने, भनेको बेला गोरु पाइदैन्थ्यो, आफैँ जोत्न पनि सक्दिन तर यो मिनि टिलर पाएपछि अब आफैँ आरामले बारी जोतेर तरकारी खेती गरिन्छ ।

उत्तरी मोरङको लेटाङ नगरपालिकाको जाँते क्षेत्र तरकारी उत्पादनको उर्वर भुमि मानिन्छ । जहा बढि मात्रामा टमाटर उत्पादन हुने गर्दछ भने अन्य तरकारी पनि उतिकै मात्रामा उत्पादन हुने त्याहाका किसानहरु बताउछन् ।

परम्परागत रुपमा गरिदै आएको तरकारीखेति प्रणालीले उर्वर भुमिको क्षमता अनुसार उत्पादन गर्न कठिनाई भोग्दै आएका किसान हरुलाई उत्तरी मोरङ कृषि सहकारी सस्थाको समन्वयमा तरकारी ब्लक कार्यक्रम मार्फत अनुदानमा दिइएको आधुनिक कृषि उपकरणले समयको वचत सगै उत्पादनलाई बृद्धि गर्नमा सहयोग पुग्ने अर्की कृषक नर्वदा मगर बताउनु हुन्छ । 

परम्परा गत रुपमा गरिने खेति प्रणालीमा पिढ्यिुमा डोको बोकेर खेतबारी सम्म मल पुर्‍याउनु पर्र्ने, हलो जोत्नु पर्ने जस्ता कार्य गर्दा लागत बढी हुने र आम्दानी कम हुने गर्दथ्यो भने । 

अव मल बोक्ने डोकोको ठाउमा ठेला र हलो जोत्नु पर्ने ठाउमा आधुनिक मिनि टेलर पाएपछि उत्पादन लागत घट्ने र आम्दानी बृद्धि हुने अर्की कृषक मिना देवी दाहालको भनाई छ ा

लामो समय देखी तरकारी पकेट क्षेत्रका रुपमा रहेको लेटाङ जातेको सो क्षेत्रका  कृषकहरुको सक्रियताकै कारण विगत २ वर्ष देखी सो क्षेत्रमा तरकारी ब्लक कार्यक्रम संचालन हुदै आएको छ ।  

अव कृषकहरुकै सक्रियतामा तरकारी जोन क्षेत्रका रुपमा विकाश गर्दै लैजाने योजना रहेको तरकारी ब्लक संचालक समितिले जनाएको छ ।

समितीले सो क्षेत्रका कृषकलाई ७ थान मिनि टिलर, २० थान ठेला, ४० थान टनेल र ३० थान स्पे्र प्रदान गरेको हो । 

मिनी टिलरको बजार मूल्य १ लाख १० हजार रुपैँया रहेको छ । समितिले प्रदान गरेको अरवानाको मूल्य ५ हजार रुपैया, टनेल ४ हजार रुपैँया र स्पे्रको मूल्य २ हजार पाँच सय देखी ५ हजार ५ सय सम्म रहेको समितिको सचिव भूमिका मगरले जानकारी दिनुभयो । 

तरकारी ब्लक संचालक समितिको अध्यक्ष मथुरा अधिकारीले संकलन केन्द्रको अभावमा विचौलिया मार्फत तरकारी बेच्न बाध्य भएको बताउदै सो को व्यावस्थापनका लागि सहयोग गरीदिन कृषकहरुले उचित मुल्य पाउने बताउनु भयो ।

तरकारी ब्लक संचालक समितिले आयोजना गरेको सो कार्यक्रममा प्रदेश १ का प्रदेश सांसद उपेन्द्र प्रसाद घिमिरे, कृषि ज्ञान केन्द्र मोरङ, सुनसरीका प्रमुख नुनुलाल उराव, मोरङ जिल्ला समन्वय समितीका अध्यक्ष नरेश पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।