इटहरी । राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको तरहरामा रहेको कृषी अनुसन्धान निर्देशनालयले भब्यताका साथ धान दिवस मनाएको छ ।

‘धान उत्पादनमा वृद्धि,खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराको साथ राष्ट्रिय धान दिवस मनाएकोे हो  । 

  हरेक बर्ष भब्यताका साथ  मनाउर्दै आएको यस दिबषलाई कोरना माहामारीका कारण अघिला बर्ष भन्दा सामान्य रुपका मनाइएको कृषी अनुसन्धान निर्देशनालयका बैज्ञानिक सन्तोष त्रिपाठीले जानकारी दिए  ।

छ । snapshot_005 1

 धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्त सम्म नभइ नहुने बाली भएकाले पछिलो समय कृषकलाइ बिभिन्न यन्त्र उपकरणको माध्याम बाट खोती गर्न सहज हुने गरेको छ । नेपालमा बार्षिक धेरै धान छिमेकी मुलुक संग खरिद गर्ने गरेको र अनत जातको बिउको प्रयोग गरी कसरी आयतलाइ कसरी रोक्ने भनि आफुहरुले फरक फरक जातको बिउ उत्पादन गर्ने गरेको कृषी अनुसन्धान निर्देशनालय तरहराका निर्देशक केसव प्रसाद श्रेष्ठले जनकारी दिए ।

मानो रोपेर मुरी फलाउने दिनको रुपमा रहेको असार १५ लाई धान दिवसको अवसरमा कृषि क्षेत्र सँग सम्वन्धित संघ संस्थाहरुले प्रबिधिको प्रयोग गरी कसरी उत्पादनमा बृद्धी गर्न सकिन्छ त्यस तर्फ किशानहरुले ध्यान दिनु पर्ने साथै परमपरागत खेती गर्दा धरै खर्च हुने भएकाले पछिल्लो पुस्ता कृषी प्रती निरुसाइद हुर्दै गएको  र  यसलाइ प्रोत्साहन गर्न राज्यले बिभिन्न कार्यक्रम ल्याउन आबश्यक रहेको कार्यक्रमका अतिथीहरुले बताए । 

कार्यक्रममा इटहरी उपमाहानगर पालिका वडा २ अध्यक्ष हर्क बहादुर मगर इटहरी २०का अध्यक्ष मणीराम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।