धनकुटा । डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सल्लेरी राष्ट्रिय वनमा बृक्षारोपण गरि राष्ट्र वृक्षारोपण दिवस मनाईएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १ का सचिव मेघनाथ काफ्लेको प्रमुख आतिथ्यमा पस्थितिमा धनकुटा स्थित सल्लेरी राष्ट्रिय वनमा खोटेसल्लाको बहुवर्षिय विरूवा वृक्षारोपण गरी दिवस मनाईएको डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत मेघराज राईले जानकारी दिनुभयो ।
निशानदेवि सव डिभिजन वन कार्यलय कागते र डिभिजन वन कार्यालय धनकुटाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।




















