काठमाडौं । बेलायत फेरि नयाँ प्रधानमन्त्री चुन्ने तयारीमा छ । ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बढी छ ।

सेप्टेम्बरमा प्रधानमन्त्री बनेकी लिज ट्रसले राजीनामा दिएपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेता खोजी सुरु भएको हो । सेप्टेम्बरमा ट्रससँग पराजित भएका सुनकसँगै बोरिस जोनसन र पेनी मोर्डन्ट दलको नेता बन्ने दौडमा देखिएका थिए ।

आफूसँग थ्रेस होल्ड कट्ने सांसद संख्या १०० भएपनि संसदमा पार्टी एकतावद्ध नभएसम्म प्रभावकारी शासन गर्न नसक्ने भएकाले दौडबाट अलग हुने निर्णय गरेको उनले बताए ।

हालसम्म सुनकलाई १२५ र मोर्डन्टलाई २५ सांसदको समर्थन छ । बोरिस दौडबाट बाहिर भएसँगै बाँकी रहेका १८० सांसद सुनक र मोर्डन्टमध्ये एकतिर लाग्ने छन् ।

अबको केही घण्टामा मोर्डन्टले आफ्नो समर्थक सांसदको संख्या उल्लेख्य वृद्धि नगरे सुनक प्रधानमन्त्री बन्नेछन् ।

मोर्डन्टलाई समर्थन गरिरहेका डेमियन ग्रिन भने आफूहरुको समर्थक संख्या १०० पुग्ने दाबी गर्छन् । टेरेसा मे प्रधानमन्त्री हुँदा मन्त्री रहेका ग्रिनको दाबीअनुसार मोर्डन्टले समर्थन जुटाए प्रधानमन्त्रीको दौड अर्को चरणमा पुग्नेछ ।