सुनसरी : वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका भोक्राहा नरसिग गाउँपालिकाका जनप्रतिनिधिको शपथ ग्रहण ग्रहण गरेका छन् ।
भोक्राहा नरसिग गाउँपालिकाका अध्यक्ष अजमत अन्सारी, उपाध्यक्ष सुनिता कुमारी उर लगायत वडा अध्यक्ष र वडा सदस्यहरुले सुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश कैलाश सुवेदीले नवनिर्वाचित अध्यक्ष अजमत अनसारी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन भने अध्यक्ष अन्सारीले उपाध्यक्ष , वडाध्यक्ष र वडा सदस्यहरूलाई उहाँले शपथ ग्रहण गराउनु भयो ।
निर्वाचन कार्यालय भोक्राहा नरसिग गाउँपालिकाकाले जनप्रतिनिधिहरूलाई प्रमाण पत्र हस्तान्तरण पछि शुक्रवार नै कार्यक्रम समारोह आयोजना गरी शपथ ग्रहण गराएका हुन ।
नगरमा निर्वाचित भएका सम्पूर्ण जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्र बाह्रदेखि नै पदभार ग्रहण गरेका छन ।
पदभार ग्रहण गरेको पहिले दिन नै गाउँ पालिकाका ५० विपन्न परिवार लाही नि शुल्क स्वास्थ्य बिमा गर्दिएको अध्यक्ष अजमत अन्सारीले जानकारी दिनुभयो ।




















