रामधुनी : सुनसरकिो रामधुनी नगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार कमल कार्कीको प्यानलनै विजयी भएका छन् ।
३३ सय ६१ मत खसेको रामधुनी ४ मा कार्कीले १ हजार ६१० मत लाइ बिजय भएका हुन । कार्कीले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार लाई २२४ मतले पछाडी पार्दै विजयी भएका छन् ।
यसैगरी महिला सदस्यमा आमोदेवी चौधरीले १ हजार ५७५ मत ल्याएर विजयी बनेकी छन् । चौधरीले निकटतम प्रतिद्धन्दी भन्दा १२३ मत बढि ल्याइन भने दलित महिला सदस्यमा गौरी विकले १ हजार ६०१ मत ल्याएर विजयी बनेकी छन् । विकले २२२ मतको अन्तरले जित हासिल गरेकी हुन् ।
उता खुल्ला सदस्यमा पनि एमालेका खगेन्द्र पौडेल र रतनलाल चौधरी विजयी बनेका छन् । पौडेल र चौधरीले क्रमश १ हजार ६१४ र १ हजार ५२६ मत प्राप्त गरेका छन् ।




















