इटहरी । इटहरी उपमहानगरको २ वटा वडामा नेपाली कांग्रेसले बिजयी सुरूवात गर्दा नेकपा एमालेले इटहरी वडा नं १९ बाट खाता खोलेको छ । कांग्रेसले वडा नं १ र २० मा बिजयी हाशिल गरिरहदा नेकपा एमालेका श्री नारायण चौधरीले वडा नं १९ बाट  बिजयी सुरूवात गरेका हुन । स्थानिय निर्वाचन २०७४ मा पनि चौधरी सोहि वडाबाट झिनाे मतसहित वडाध्यक्षमा निर्वाचित भएका थिए । 

उनि दोश्रो पटक सोहि वडामा निर्वाचित जनप्रतिनिधि हुन । चौधरीले प्रतिद्वन्दि नेपाली कांग्रेसका दुर्गा प्रशाद पौडेललाइ ८९ मतान्तरले पछि पार्दै वडा नं १९ मा बिजयीको खाता खोलेका हुन ।

निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी १९ मा नेकपा एमालेका  चौधरीले १,८८१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका पौडेलले १७९२ मत प्राप्त गरेका छन । वडा नं १९ मा एमालेका चौधरी सहित प्यानलनै बिजयी भएको हो ।