राष्ट्रिय प्रजातन्त्र पाटि राप्रपाले देशभर आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । प्रदेश एक का बिभिन्न स्थानमा स्थानमा आफ्नो जित सुनिश्चित छ भन्दै घरदैलो कार्यक्रम गरिरहँदा मोरङको सुन्दरहरैचा ४ मा भने राप्रपा प्रति नकारात्मक भ्रम फैलाएको भन्दै राप्रपाका नेता कार्यकर्ताले आपत्ती जनाएका छन् ।
सुन्दरहरैचा ४ मा राप्रपाको जित सुनिश्चित भइरहदा अन्य पाटीका कार्यकर्ता तथा नेताले राप्रपा अन्य पाटीसँग बिकेको जस्ता भ्रामक खवर फैलाएको र यो खबरमा कुनै सत्यता नभएको पनि सुन्दरहरैचा वडा न ४ का उमेदवार नरेन्द्र कुमार चौधरीले बताउनु भएको छ । राप्रपाले वडामा आफ्नो सक्रियता देखाएसँगै राप्रपामा प्रवेश गर्नेको लहर समेत उच्च भएका कारण पनि राप्रपालाई गिराउन यस्तो खेल खेलेको उहाँले बताउनु भएको छ । मतदाताका घरघरमा गएर राप्रपा अन्य पाटीसँग विकिसक्यो अव राप्रपामाथि विश्वास नगर्नुहोस् भन्र्दै नकारात्मक भ्रम फैलाए पछि वडा न ४ ले आपत्ती जनाएको थियो ।
यसरी राप्रपा माथि नै बारम्बार झुटो भ्रम फैलाउनेहरू बेलैमा सजक बन्न आवश्यक रहेको र निर्वाचनमा निष्पक्ष रुपमा मैदानमा उत्रिन शिव सेना नेपालका माेरङ जिल्ला अध्यक्ष सतिश पोखरेलले बताउनु भएको छ ।
पघिल्लो समय देशको संरक्षण गर्ने जिम्मा राप्रपालाई आइरहँदा विपक्षी दलले यस्तो खेल खेलेको समेत बताउनु भयो । कुनैपनि पाटीले देशमा कुनै जनताका हितमा काम नगरेको छ यस पाटीले केही गर्न खोज्दा अन्य पाटीले नकारात्मक टिप्पणी गरेको र आगामी दिनमा यस्तो नगर्न कार्यकर्ताहरूले बताएका छन् ।
वडाको विकास र बिस्तरामा मात्र नभएर चौतर्फि बिकासमा राप्रपाले मात्र ध्यान दिने समेत कार्यकर्ताहरूले बताएका छन् ।




















