इटहरी । इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीमार्फत जापानको भिसा प्राप्त गरेका आठ विद्यार्थीलाई मंगलबार एक कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूको सफल शैक्षिक यात्रा तथा उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना प्रदान गरियाे ।

कार्यक्रमका प्रमुख अतिथि सीबी कलेज इटहरीका अध्यक्ष देशबन्धु कार्कीले विदेशमा अध्ययन तथा काम गर्दा मेहनत, अनुशासन र सीपलाई प्राथमिकता दिन विद्यार्थीहरूलाई सुझाव दिए। आफू पनि लामो समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएको अनुभव सुनाउँदै उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई भविष्यमा स्वदेशमै उपयोग गर्न आग्रह गरे।

भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक नुतन लुइँटेलले जापान जान लागेका विद्यार्थीहरूको सफल भविष्यको शुभकामना व्यक्त गरे।त्यस्तै, लामो समय जापान बसेर नेपाल फर्किएका कन्सल्टेन्सीका सञ्चालक तथा जापानी भाषा शिक्षक मदन बनले जापानमा अध्ययन तथा रोजगारीका लागि जापानी भाषा महत्वपूर्ण रहेको बताए। उनले जापानी भाषा राम्रोसँग जान्ने विद्यार्थीलाई अध्ययन तथा कामका क्रममा सहज हुने उल्लेख गर्दै भाषालाई प्राथमिकताका साथ सिक्न सुझाव दिए।

कार्यक्रममा इटहरी जेसीजका पूर्वअध्यक्ष लोकनाथ भण्डारी, कन्टेन्ट क्रिएटर दीपक गौली तथा सम्भावना भण्डारी, चेवन खतिवडालगायतले जापान जान लागेका विद्यार्थीहरूलाई शुभकामना दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई सफल शैक्षिक यात्रा, सुरक्षित बसाइ तथा उज्ज्वल भविष्यको शुभकामनासहित बिदाइ गरिएको थियो।