सुनसरी : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामधुनीले बिभिन्न बडामा घरदैलो अभियान सुरु गरेको छ । नेपाली कांग्रेसको तर्फबाट रामधुनी  नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारीको नेतृत्वमा घरदैलो अभियान हिजो देखी सुरु गरेको हो ।

घरदैलो अभियानलाई निरन्तरता दिदै मेयर पदका उम्मेदवार अधिकारी सहित उम्मेदवारहरू आसन्न स्थानीय तहको निर्वाचनका सम्म घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट रामधुनी नगरपालिकाका नगर प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारी, उपप्रमुख पदका लागि उम्मेदवार बनेकी आशा चौधरी लगायतका नेताहरूले जनताको घर–घरमा पुगेर आर्शिवाद दिदै कांग्रेसको चुनाव चिन्हमा मतदान गरी कांग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस रामधुनीका नगर सभापति समेत रहेका सुदीप अधिकारीले नगर प्रमुखमा आफू बिजयी भए नगरको समुन्नत विकासमा टेवा पुगाउने अठोट लिएको बताएका छन् । रामधुनी नगरको विकास गर्न कदापि पछाडि नहट्ने र जनताको चाहना अनुसार नगरको निर्माण गर्ने संकल्प समेत बोकेका अधिकारीले अहिले जनताको घर–घरमा पुग्ने गरेका छन् । 
जनताको आशा र भरोसालाई कायम गर्दै नगर निर्माण र विकासमा सदैव लागि पर्ने प्रतिवद्धता सहित चुनावी प्रचार प्रसारलाई तीव्रता दिदै अगाडि बढिरहेका छन् ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई रामधुनीको ९ वटै वडामा निर्वाचित गराउनका लागि जनता समक्ष अपिल गरेका छन् । रामधुनी लाइ बनाउने जिम्मा आफ्नो काँधमा आएकोले एक पटक भारी मतले बिजयी बनाउन मतदाताहरूलाई अपिल गरेका छन् ।

01df

ff

sdvg