रामधुनी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगरले ९ वटै वडाहरूमा  उम्मेदवारहरूको मनोनयन दर्ता गरेको छ  ।

१ देखि ९ वडाहरूबाट उम्मेदवार हुनेहरूको नामावली टुङ्गो लगाइ सोमबार मनोनयन दर्ता  गराएको नेकपा एमाले रामधुनि नगर कार्यसमितिले  जनाएको छ । 

उम्मेदवारको छनौट सर्वसम्मत एवम् निर्विवाद भएको तथा जनताले रुचाएका उम्मेदवारहरू भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने दाबी नगरले  गरेको छ । 

उम्मेदवारहरूले सोमबार निर्वाचन कार्यालयमा  उम्मेदवारी दर्ता गरेका  छन्  ।    

वडा नं १ देखि ९ सम्मको उम्मेदवारको नामावली 

वडा नं १ मा रामकुमार चौधरी 

वडा नं २ मा रामनारायण चौधरी 

वडा नं ३ मा बुधनारायण चौधरी 

वडा नं ४ मा कमल कार्की 

वडा नं ५ मा खेम राज पौडेल 

वडा नं ६ मा गयाराम राज धामी 

वडा नं ७ मा केशाब गौतम 

वडा नं ८ मा सुरेन्द्र सिद्ध खवास 

वडा नं ९ मा योगेस खड्का