सभापति : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमका लागी रामधुनीमा नेपाली कांग्रेसबाट सुदिप अधिकारीले मेयरका लागि टिकट पाएका छन् ।
नेपाली कांग्रेस रामधुनीका सभापति समेत रहेका उनलाई आज (सोमबार) विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज (सोमबार) बिहान भएको छलफल उनलाई टिकट दिने निर्णय भएको हो ।




















