सुनसरी :  उदयपुरको चैदण्डीगढी नगरपालिकामा एमालेले उप–मेयर पदका लागी  मणिका दुलालको उमेदवारी टुङ्गो लगाएको छ । 

एमालेले चैदण्डीगढी नगरपालिकामा प्रमुख (मेयर) कालुमान लामा र उप–प्रमुख (उप–मेयर) मा मणिका दुलाल अघि सारेको हो  । 

यस अघिको अर्थात् २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मेयर र उप(मेयर दुवै पदमा विजयी हाँसिल गरेको थियो । मेयरमा बिजय कुमार राइ  र उप(मेयरमा रिता कुमारी चौधरीले जित निकालेका थिए । 

यो पटक भने मेयर र उप–मेयरसहित अधिकांश वडामा जित्ने एमालेको दावि छ । मेयर र उप–मेयरसहित सबै वडाको उमेदवार टुङ्ग्याएको  एमालेले जानकारी दिएको छ ।