रामधुनी  : नेपाल कम्युनिष्ट पार्टी एमालेका रामधुनी सह–इन्चार्ज तथा वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बस्नेतले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । शुक्रबार बस्नेतले सामाजिक संजाल फेसबुकबाट पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।


सामाजिक संजाल फेसबुकबाट बस्नेतले राजनितिक जिवनबाट विदा लिएको बताउँदै आफ्नो पद् त्यागेको बताएका हुन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेको बस्नेतले आज सम्म सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गर्दै बस्नेत अव उप्रान्त आफु पार्टीमा नरहने बताएका छन् ।


स्थानीय चुनावले छोप्दै जाँदा धेरै दलका उम्मेद्धवारका आकांक्षी रहेको गर्दा बस्नेतले वडा अध्यक्षको टिकट नपाएपछी परित्याग गरेको घोषणा  एमालेका नेता तथा कार्यकताले बताउर्दै आएका छन् ।