इटहरी । सुनसरीको बराहक्षेत्रमा जारी राप्रपाको बिशाल सभालाइ सामाजिक अभियान्ता तथा पार्टिका प्रवक्ता ज्ञानेन्द्र शाहिले वर्तमान सरकार भ्रष्ट्रचारमा र्चुलुम्म बनेको आरोप लगाएका छन ।
राष्ट्रघाति एमसिसि पास गरेर नेपाली जनताको भावना बिपरित सरकार अघि बढेको उनले बताए । पार्टि प्रवक्ता साहिले एमसिसि पास हुनुमा यहि क्षेत्रकासांसद जो हालका सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्र कुमार कार्किलाइ देशद्रोहिको संज्ञा दिदै उनको कदम प्रति घोर भत्सर्ना गरेका छन ।
सम्बोधनकै क्रममा साहिले नेपाली जनतालाइ अब अन्य पार्टिको पछि नलाग्न आग्रह गर्दै राप्रपालाइ भोट गर्न अनुरोध समेत गरेका छन । उनले राप्रपा हिन्दु राष्ट्र स्थापना संगै राज संस्थाको पुनस्थापनामा जोड दिदै आएकोले नेपाली जनताको भावना यहि पार्टिले मात्र बुझनेमा जोड दिए ।
उनले बोल्दै जादा बराहक्षेत्र नगरपालीका भित्र भएका बेतिथिबारे पनि खुलेरै र्चचा गरेका थिए भने यो सभा सकेर स्थानीय सरकारलाइ खर्च बिवरण माग्न र अहिले सम्म कुन क्षेत्रमा कति बिकाश भए त्यसको हिशाब किताब राख्न नगरवासिलाइ अनुरोध गरे । उनले बोलिरहदा उपस्थित स्थानीयहरुले तालिको गडगडाहटले स्वागत गरेका थिए ।




















