इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीले आयोजना गरेको बिशाल आम सभामा नसोचेको जनसागर उर्लिएको छ । सुनसरीको बराहक्षेत्रमा आयोजित बिशाल सभामा जिल्लाको १२ वटै स्थानीय निकायहरुबाट ८ हजार बढीको सहभागिता रहेको छ ।
बिशेष आम सभालाइ पार्टिका केन्द्रिय अध्यक्ष राजेन्द्र लिंग्देन , सामाजिक अभियान्ता तथा हालै पार्टिमा प्रवेश गरेका ज्ञानेन्द्र शाहि लगायत केन्द्रिय स्तरका नेताहरुले सम्बोधन र्गने कार्यक्रम रहेको छ ।
र्कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टिका सुनसरी अध्यक्ष दुर्गा बहादुर बस्नेत को सभापतित्वमा सञ्चालन भइरहेको छ ।यो संगै बिभिन्न र्पाटि परित्याग गरि करिब ४ हजार जनालाइ राप्रपामा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।





























