काठमाडौं । जब राजा ज्ञानेन्द्र शाह शुक्रबार राति १० बजे लाजिम्पाटस्थित त्रिसारामा पुग्नु भयो, त्यहाँ उहाँले सोचेको भन्दा फरक माहोल सृजना भयो । त्रिसारामा उपस्थित सबैले राजतन्त्रको पक्षमा नारा लगाए । जुन नारा त्रिसाराको टपमा बस्नु भएका राजा ज्ञानेन्द्र शाहलाई ‘सरप्राइज’ नै भयो । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्‍दा प्यारो छ । राजा आउ देश बचाउ लगायतका नारा घन्किएपछि राजा ज्ञानेन्द्र शाह हर्षित मुद्रामा अनि मन्द मुस्कानमा ताली पट्काउदै हुनुहुन्थ्यो । त्यो दृष्यले झनै दर्शकहरु उत्सिाहित देखिन्थे ।यतिमात्रै होइन सरल अनि शालिन मुद्रामा जनतामाझ भिज्न खोज्नुहुने राजा संग तस्विर लिनेहरुको घुइचो उस्तै देखिन्थ्यो त्यहाँ । रेष्‍टुरेन्टमा पुगेका रात्रिकालिन पारखीहरू राजा शाह पुगेपछि उहाँसँग फोटो खिच्‍न झुम्मिए । कस्ेले सेल्फी त कसैले टिकटक बनाउन सम्म भ्याए । राजा ज्ञानेन्द्र शाहले पनि हासी हासी तस्विर लिनेहरुको मोवाइलमा हेर्न छुटाउनु भएन । छोरी प्ररणा शाहसहित अन्य परिवारका सदस्य लिएर त्रिसरा पुग्नु भएका शाह करिब १ घण्टा त्यहाँ बस्नु भयो ।

ra

समय समयमा रेष्‍टुरेण्टमा लाइभ म्युजिक सुन्न पुग्नुहुने शाह यसपटक भने कोबिट पछि पहिलो पटक त्रिशरा जानु भएको हो । यस विषयमा त्रिसरामा उपस्थित अन्यलाई जानकारी नभएकाले त्यहाँ नारा लगाउनेहरु कुनै राजावादी नभएर विशुद्ध राजाप्रति आस्था राख्ने हुनसक्ने आंकलन गरिएको छ । उसोत यतिवेला देशको वर्तमान अवस्था र राजनीतिक नेताहरुको व्यवहारका कारण जनता निरास भएको अवस्था छ । यस्तो बेलामा सबेले अब फेरी राजा नै आइदिए देश र जनताले सुख पाउथे कि भन्ने चाहेका छन् । राजालाई नेताहरु भन्दा देश र जनताको माया बढी हुने भन्दै जनताको देष्टिमा राजाको मोह बढ्दै गएको कतिपयको बुझाइ छ ।