सत्तारुढ नेपाली काँग्रेसका नेता डा। मिनेन्द्र रिजालले हामी आफैंले मागेको एमसीसी सम्झौंताको बिरोध गर्न नमिल्ने बताएका छन् ।

नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने बताए । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलको भाग लिँदै उनले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गरे ।


उनले चीनबाट पनि विआरआई प्रोजेक्ट अघि बढाएर सहायता लिनुपर्ने बताए । चीन, अमेरिका र भारत सबै मुलुकबाट सहायता लिएर मुलुकलाई विकास गरेर जानुको विकल्प नरहेको नेता रिजालले बताए ।


नेता रिजालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई एमसीसी सम्झौता ल्याउने बेलामा सामेल हुने तर पारित गर्ने बेलामा अप्ठयारो पार्ने काम नगर्न आग्रह गरे ।