संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।  केहीबेर अघि बैठक सुरु भएको हो । 

सभामुख अग्नि सापकोटाले समितिको बैठक बोलाएका थिए ।  गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन । 

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ  । 

आज बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको छ । संसद बैठक भने दिउँसो १ बजे बस्नेछ ।