इटहरी । सुनसरीको इटहरीमा रहेको सार्वजनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो ९ औं बार्षिक साधारण सभाको अवसर पारेर विभिन्न विधामा सम्मान गरेको छ ।

    सहकारीले वार्षिक नियमित वचत, किस्ता र ब्याज वुझाउने  सेयर सदस्यहरुलाई सम्मान गरिएको हो ।

 सहकारीका अध्यक्ष गुणराज जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा नियमित बचत तर्फ संगिता राई , कालिदास श्रेष्ठ ,कल्पना भण्डारी र सीता अधिकारीलाई सम्मान गरियो ।IMG_3217

त्यसै गरी नियमित किस्ता र ब्याज वुझाउने तर्फ रत्नबहादुर डुम्जन तामागं, लिलाकुमारी प्रधान,पुष्पादेवी श्रेष्ठ र नियमित सावाँ ब्याज वुझाउने तर्फ गोविन्द बस्नेत ,टंकप्रसाद विक र मन्दिरा विकलाई सम्मान गरियो ।

इटहरी उपमहानगरपालिका सहकारी शाखाका उपप्रमुख सुमन पौडेलको प्रमुख आतिथ्यमा भएको साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा ३३लाख ३१हजार ६सय सेयर पूँजी रहेको उल्लेख गरियो ।IMG_3203

वि.सं.२०६९सालमा जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन सहकारी कार्यालय सुनसरीमा दर्ता भएको र ४सय ४ जना सेयर सदस्य रहेको सहकारीका रुद्रराज शर्माले जानकारी दिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष भोजकुमार विश्वकर्माले पनि सहकारीका विषयमा वोलेका थिए । कार्यक्रममा सहकारीका सल्लाकार  खुपराज शर्मा लगायतका अतिथीहरुको उपस्थिी रहेको थियो ।