मोरङ । सामुदायिक विकास मञ्च नेपाल तथा संस्थागत विकास सञ्जाल ललितपुरको प्राविधिक सहयोगमा सञ्चालित दिगो विकासकालागि साझेदारी परियोजनाको अनुगमन गोष्ठी लेटाङमा सम्पन्न भएको छ ।
गोष्ठीमा संस्थाद्धारा गत जुलाई देखि हाल सम्म गरेको परियोजना अन्तर्गत सम्पन्न भएको कृयाकलाप साथै उपलव्धि सिकाई र चूनौति परियोजनाका विषयमा इञ्चार्ज नरबहादुर लिम्बूले सहजिकरण गर्नु भएको थियो । 
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौंला, वडाध्यक्षहरु भूम सूर्य मगर र जंगविर तामाङ, लेटाङ नगरपालिकाका स्वास्थ्य शाखा प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, वडा जनप्रतिनिधि, युवा समूहका अध्यक्षहरु, नागरिक सचेतना समूहका संयोजक र नागरिक समाजका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता सिडिएफ नेपालका अध्यक्ष रामचन्द्र बुढाथोकीले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष कमला कोईरालाले गर्नु भएको थियो ।




















