इटहरी । फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने योजना सहित सुनसरीको इटहरीमा फोहोर प्रशोधन केन्द्रले प्रशोधनका लागि फोहोर जम्मा पार्ने काम सुरु गरेको छ ।

  इटहरी उपमहानगरपालिका , बैकल्पीक उर्जा केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि विचको सम्झौता अनुसार इटहरी उपमहानगरपालिका क्षेत्रबाट फोहोर संकलन गरि बायोग्यास र प्रागारिक मल उत्पादनका लागि फोहोरजन्य वस्तु केन्द्रमै जम्मा पार्न थालिएको हो ।

    उपमहानगरपालिका क्षेत्रबाट संकलन भएको फोहोर व्यवस्थापनको विषय समयसमयमा विवादमा आईरहेको अवस्थामा वुधवारबाट प्रशोधन केन्द्रमै फोहोर संकलन गर्न थालिएको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि का अध्यक्ष मोहनप्रसाद भण्डारीले वताए । निर्माण देखि विस वर्ष सम्म वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रालिले सञ्चालन गर्ने सहमति अनुसार इटहरी उपमहानगरपालिकाको वडा नम्बर १०मा निर्माण गरिएको फोहोर प्रशोधनका लागि प्रशोधन केन्द्रमै फोहोर जम्मा पारेर बायोग्यास र प्रागारिक मल उत्पादनका लागि काम सुरु गरिएको समेत अध्यक्ष भण्डारीले जानकारी दिए  । उनले मल तथा बायोग्यास उत्पादनका लागि करिव डेढ महिना समय लाग्ने भएपनि केन्द्रमै फोहोर संकलन गरि कुहिने र नकुहिने छुट्याएर प्रशोधनका लागि तयार पार्ने काम सुरु गरिसके पनि वताए ।IMG_3094

फोहोर व्यवस्थापनका विषयमा गरिएको सम्झौतामा केन्द्र निर्माण हुने स्थल नजिक इटहरी  १० मा  स्थानीयवासीका लागि खेल मैदान ,स्मसान घाट ,बाटो , वाल निर्माण इटहरी उपमहानगरपालिकाले गर्ने सहमति भएपनि हाल सम्म नगरिए पनि अव फोहोर संकलन र प्रशोधनको काम सुरु हुदै गर्दा उपमहानगरपालिकाले पनि सहमति अनुसारको काम अघि वढाउने अपेक्षा गरिएको छ ।  

  स्थानीयले सहमति नअनुसार भौतिक पुर्वाधार विकास नगरिदिए सञ्चालनमा अवरोध गर्ने चेतावनी समेत दिदै आएका छन ।

दुई वर्ष अघि फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने गरी सम्झौता भए बमोजिम प्रशोधन केन्द्र निर्माण कार्य गर्दै आएकोमा कोरोना कहरका कारण केन्द्र निर्माणमा समेत केही समय ढिलाई भएको पनि वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिका अध्यक्ष भण्डारीले वताए ।

  इटहरी उपमहानगरपालिकाका २०वटै वडाबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्दै प्रशोधन गरि बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने गरि  १६ करोडको लागतमा प्रशोधन केन्द्रको काम भई रहेको जनाइयो ।

प्रशोधन केन्द्र निर्माण सम्पन्न नहुदाँ सम्म फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्थान व्यवस्थापन गर्ने भनिएपनि उपमहानगरपालिकाले उपलव्ध गराएको हासपोसा सामुदायिक वन क्षेत्रमा फोहोर फ्याक्दा स्थानीयले समयसमयमा विरोध जनाउदै आएको थिए । फोहोर व्यवस्थापनका लागि त्रिपक्ष सम्झौता अनुसार प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने मेशिनका लागि ४० प्रतिसत बैकल्पीक उर्जाले उपलव्ध गराउने सहमति अनुसार केही रकम उपलव्ध गराई सकेको छ ।

प्रशोधन केन्द्र निर्माण कार्यमा खटिएका इन्जिनियर निराजन सिहंले गुणस्तरिय काम भई रहेको वताए । प्रशोधन केन्द्र निर्माण भई सञ्चालनमा आएपछि प्रत्येक दिन ३० टन फोहोर हालेर ८ सय केजी बायोग्यास र ६ टन प्रागारिक मल उत्पादन गर्न सकिने समेत इन्जिनियर सिहंले जानकारी दिए  ।