सुनसरी । सामुदायीक विद्यालयले पनि नीजी विद्यालय सो सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ र भन्ने नेपाली समाजमा जिज्ञासा पर्दै आएकोे छ । पछिल्लो समय यस्तो भ्रमलाइ इटहरी स्थित जनता माध्यमिक विद्यालयले तोड्दै आएको छ । जनता माध्यमीक विद्यालयमा आगामी शैक्षिक सत्रका लागी खुलाइएको आवेदनमा माग गरेभन्दा दोब्बर संख्यामा विद्यार्थीहरुले आवेदन भरिसकेका छन ।

सामुदायिक विद्यालय भइसके पनि गुणस्तरीय पठनपाठन हुने विद्यालयको रुपमा आफुलाइ परिचित गराउदै आएको सामुदायीक विद्यालय हो इटहरीको जनता माध्यमीक विद्यालय । गुणस्तरीय शिक्षा र सबल व्यवस्थापनकै कारण यो विद्यालय पछिल्लो केहि वर्ष यता विद्यार्थी तथा अभीभावकको आकर्षणको केन्द्र बन्दै आएको छ । बाल कक्षा देखी कक्षा ९ सम्मका आगामी शैक्षीक सत्रका लागी विद्यालयले ४३२ विद्यार्थी भर्नाका लागी खुलाएको आवेदन फारम ८२५ जनाले भरीसकेका छन । प्राविधिक तथा गुणस्तरयुक्त शिक्षामा जोड दिदै आएको विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको हो । बाल कक्षादेखी कक्षा १२ सम्म पठनपाठन गराइने उक्त विद्यालयले नेपाली र अंग्रेजी गरी दुवै माध्यममा अध्ययन अध्यापन गराउँदै आएको छ । नमुना विद्यालय बिकासका लागी नेपाल सरकारबाट छनौट भएको सो विद्यालय ५ औँ वर्षमा पुग्दै गर्दा कोशी प्रदेशबाट सुनसरी जिल्ला कै  उतकृष्ट व्यवस्थापन भएको सामुदायीक विद्यालयमा पर्न सफल भएको थियो । यही शैक्षीक सत्रदेखी कक्षा ११ मा विज्ञान विषय अध्यन अध्यापन गराउँदै आएको विद्यालयले नेपाली र अंग्रेजी माध्यम छुट्टाछुट्टै संरचनामा पठनपाठन गराउँदै आएको छ । गत वर्षको एस इ इ परीक्षमा ३९ जना विद्यार्थीले ३ दशमलव ६ जी पी ए कटाएका थिएभने सतप्रतीसत विद्यार्थी उत्तीर्ण भएका थीए । आगामी शैक्षीक सत्रका लागी १५ सयको हारहारीमा विद्यार्थीले आवेदन दिने विद्यालयका प्रधानाध्यापक पशुपती सिग्देलको अनुमान छ । ds

विद्यालयल भौतिक पूर्वाधार, शिक्षक नियुक्तिदेखि विद्यार्थीहरुको लागि विभिन्न सेवा सुविधा थप गर्दै लगका कारण वर्षेनी यस विद्यालयमा अध्ययन गन इच्छुक विद्यार्थीहरुको संख्या बढ्दै गएको छ । व्यवस्थापन, शिक्षा तथा मानवीकीका कक्षाहरु सञ्चालन भइरहेको यस विद्यालयमा आगामी शैक्षीक सत्रदेखी कक्षा ११ मा पत्रकारीता,कानुन संकायको पनि अध्ययन अध्यापन गराउने विद्यालयको योजना छ । सर्टीफीकेट भन्दा पनि सामाजीक उत्तरदायीत्व बहन गर्न सक्षम विद्यार्थी उत्पादन गर्न व्यवहारीक ज्ञान र सामाजीक उत्तरदायीत्वप्रती उत्प्रेरीत गर्ने काम विद्यालयले गरीरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासीनाथ दंगालले बताएका छन । 

जनता माविले पछिल्लो समय भौतिक पूर्वाधार, शिक्षक नियुक्तिदेखि विद्यार्थीहरुको लागि विभिन्न सेवा सुविधा थप गर्दै लगेपछी यस वीद्यालयमा पछिल्लो ३ वर्षयता देखी विद्यार्थीको चाप बढ्दो छ । गुणस्तरीय शीक्षा,उत्कृष्ट व्यवस्थापन र प्रविधीयुत्त शीक्षाको कारण जनता माध्यमिक विद्यालय निजी विद्यालयको अब्बल प्रतिस्पर्धीको रुपमा स्थापीत हुन सफल भएको छ ।