एमाले अध्यक्ष केपी शर्मा ओलीले भातृ शोकमा परेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको गत शनिबार निधन भएको थियो ।

भातृ शोकमा रहेका अध्यक्ष नेपाललाई बुधबार किरियापुत्री घरमा पुगेर अध्यक्ष ओलीले समवेदन व्यक्त गरेका हुन् ।