इटहरी । अध्ययन अध्यापनका साथै विद्यार्थीहरुलाई शारिरिक तथा मानसिक विकासका लागि विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप गराउदै आएको जनता माध्यमिक विद्यालय इटहरीमा जिल्ला स्तरिय अन्तर मावि छात्रा भलिवल प्रयोगिता सुरु भएको छ ।

    जिल्लाका विभिन्न स्थानका १८वटा सामुदायिक विद्यालयका छात्रा भलिवल टिमको सहभागितामा रहेको प्रतियोगिताको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीले उदघाटन गरेकी हुन ।322339623_737031310751031_1287934796597287204_n

   प्रतियोगिता अन्तरगत पहिलो दिनको खेलमा आयोजक जनता मावि इटहरी बि , जनसहयोग मावि तरहरा , राष्ट्रिय मावि इटहरी , आर्दश मावि बराहक्षेत्र र जनजागृति मावि इटहरीले विजयी सुरुवात गरेका छन ।316042888_1398836217316247_3416006455448214005_n (1)

जनता मावि इटहरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी नाथ दंगालको अध्यक्षता तथा शिवराज दाहालको संयोजकत्व रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल , वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।