इटहरी । मानव वेचविखन विरुद्धको जोखिममा रहेका तथा प्रभावितहरुलाई जीवन उपयोगी सिप विकास कार्यक्रम अन्र्तगत माइती नेपाल सुनसरीबाट सिलाई कटाई तालिम लिएकाहरुलाई सिलाई मेशिन हस्तान्तरण गरिएको छ ।
माइती नेपाल सुनसरी कार्यक्रमले ६ महिने सिप विकास कार्यक्रम अन्तरगत सिलाई कटाई तालिममा सहभागिता ७ जनालाई लुगा सिलाउने मेशिन हस्तान्तरण गरेको हो ।
मानव वेचविखनको जोखिममा परेकाहरुलाई तालिम प्रदान गरी आत्मनिर्भर वनाउने कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको माइती नेपालले सिलाई कटाई तालिमसंगै उद्यमशिलता सम्वन्धी ज्ञान दिएर मेशिन समेत उपलव्ध गराउदै आएको छ । यस पटक पनि ७ जनालाई ३महिने सिलाइकटाई तालिम दिएका मनिता परिवार,भावना धिमाल,आशा झागर निङगमर ल्यामु योल्मो सरिना आचार्य,लक्की योल्मो,अनु राई लाई सिलाई मेशिन हस्तान्तरण गरिएको माइती नेपाल सुनसरीकी संयोजक सुनिता कार्कीले जानकारी दिइन ।
तालिममा सहभागीहरुलाई मेशिन हस्तान्तरण गर्दै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीले तालिममा सिकेका कुराहरुलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याएर आत्मनिर्भर हुन सक्ने वताइन । उनले तालिम लिएर तालिममा सिकेको ज्ञान सदुपयोग गर्नु पर्नेमा समेत जोड दिइन ।
तालिम पछि व्यवसाय सञ्चालनका लागि मेशिन उपलव्ध भएपछि तालिम लिनेहरु समेत उत्साहित वनेका छन । त्यसै गरी सिलाई कटाई , व्युटिसियन , उद्यमशिलता तालिम लिनेहरुलाई प्रमाण पत्र समेत उपलव्ध गराइयो । 
माइती नेपाल पुनःस्थापना तथा परार्मश केन्द्र प्रदेश एकका कार्यक्रम अधिकिृत गोविन्द घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाकी सामाजीक बिकाश महाशाखा प्रमुख भोजकला दवाडी , नेपाल पत्रकार महासंघ सुनसरी उपाध्यक्ष गण्ोश निरौला , इटहरी महिला सञ्जालकी अध्यक्ष कमला खडका , गैर सरकारी महासघं सुनसरीका अध्यक्ष मेघराज न्यौपाने , इटहरी प्रहरीका प्रहरी निरिक्षक तोरण परियार लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















