इटहरी । जाडोको समयमा रक्तदान कार्यक्रमहरु कम हुने तर्फ मध्यनजर गर्दै रगत आवश्यक पर्ने विरामीहरुलाई समस्या नहोस भनेर सुनसरीको इटहरीमा आयोजित रक्तदान कार्यक्रममा ५९जनाले रक्तदान गरेका छन ।

   इन्खा एकिकृत अस्पताल र पुर्वेली क्लव इटहरीले रगत आवश्यक पर्ने विरामीहरुलाई सहज वनाउने उद्धेश्यले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९जना महिला पुरुषले रक्तदान गरेका हुन ।IMG_20221228_091032 1

  इन्खा एकिकृत अस्पतालका अध्यक्ष खगेन्द्र ओलीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानका इञ्जार्च सुभाषचन्द्र सिहं लगायतको प्राविधिक सहयोग रहेको थियो । पुर्वेली क्लवका अध्यक्ष झलक बनले संयोजना गरेको  रक्तदान कार्यक्रममा स्थानीय समाजसेवीहरु केशव विष्ट ,रमेश खत्री , गौरीमान परियार लगायतको उपस्थिती रहेको थियो । 


((