इटहरी । स्थानीय स्तरमै मेलमिलाप गर्न कानुनले दिएको जिम्मेवारी अनुसार न्याय निरुपणका लागि दक्षतामा प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा आधारभुत मेलमिलाप सम्वन्धी तालिम सम्पन्न भएको छ ।

   इटहरी उपमहानगरपालिका न्यायिक समिति काननी मामिला शाखाले आायोजना गरेको कार्यक्रममा महिला वडा सदस्य तथा  सामाजिक संस्थामा आवद्ध महिलाहरुलाई मेलमिलाप सहजकर्ता सम्वन्धी ७दिने तालिम उपलव्ध गराइएको हो ।

   स्गानीय स्तरबाटै न्यायको पहुँच वढाउन सकियोस भनेर तालिमको आयोजना गरिएको इटहरी उपमहानगरपालिका न्यायिक समितिकी संयोजक उपप्रमुख संगिता चौधरीले जानकारी दिइन ।WhatsApp Image 2022-12-28 at 4.39.23 PM

स्थानीय स्थरमा हुने सानातिना झैझगडा तथा स्थानीय तहले मेलमिलाप गराउन सक्ने अधिकार क्षेत्रमा पर्ने विषयलाई सहज रुपमा मेलमिलाप गराउन सक्ने दक्षता प्रदान गर्न महिला सदस्यहरु साथै संघसंस्थाका महिलाहरुलाई तालिम उपलव्ध गराइएको न्यायिक समिति इटहरी उपमहानगरपालिका सदस्य दिवस पोखरेलले जानकारी दिए ।

तालिम प्रभावकारी रहेको र तालिममा सिकेका कुराहरुलाई आधार वनाएर नीति नियममा रहेर मेलमिलाप गराउने कार्य गर्ने तालिममा सहभागी महिला सदस्य जस्मी चौधरी वताउछिन ।WhatsApp Image 2022-12-28 at 4.39.33 PM

करिव एक सय जनाको सहभागिता रहेको तालिममा विरेन्द्रबहादुर वस्नेत र मेघराज न्यौपानेले सहजिकरण गरेका थिए । तालिममा सहभागीहरुलाई समापनका अवसरमा इटहरी उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता , न्यायिक समिति संयोजक उपप्रमुख संगिता चौधरी , सदस्य दिवस पोखरेलले प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रमोद शेर्पा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।