सिरहा । हुलाकी राजमार्ग अन्तरगत सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदि पुल भासिएको १८ महिना पुरा हुँन लाग्दा समेत वैकल्पिक व्यवस्था मिलाउन नसक्दा केही स्थानीयले बाँसको पुल वनाएर कमाउ धन्दा चलाइरहेका छन ।
मधेश प्रदेशको लाइभलाइन समेत भनेर चिनिने हुलाकी राजमार्ग अन्तरगतको पुल निर्माण सम्पन्न भएर उदघाटन नहुदै भासिएपछि सो खण्डको आवतजावतमा कठिनाई हुदै आएको छ भने केही स्थानीय युवाहरुका लागि कमाउने माध्यम वन्न पुगेको हो । वि.सं.२०६८सालमा पुल निर्माणको सम्झौता भएर तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएकोमा पटकपटक समय थपेर २०७८सालमा निर्माण सम्पन्न गरि उदघाटन गर्ने तयारी भई रहेको समयमा बाढी पुल भाँसिएपछि सम्वन्धीत निकायले हाल सम्म बैकल्पिक व्यवस्था मिलाउन सकेको छैन । यता केही युवाहरुले बाँस र प्लाईको अस्थायी पुल वनाएर आवतजावत गर्नेहरुसंग पैसा उठाइ रहेका छन । वाँसको पुलमा पनि जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको सोही वाटो भएर मोटरसाइृकलमा यात्रा गर्ने जितेन्द्रप्रसाद गुप्ता गुनासो गर्दछन । उनले बाँसको पुलबाट यात्रा गर्दा एक सय रुपैया असुलिदा आफुहरु मर्कामा परेको समेत गुनासो गरे ।
चार सय ७० मिटर लम्बाई र ११ मिटर चौडाईको सो पुलमा रहेका १३ पिल्लर र १२स्ल्याप मध्ये २०७८ असार महिनामा आएको वाढीले दुई वटा पिल्लर र केही स्ल्याप समेत भासिएर यो क्षेत्रको यात्रा कस्टकर वन्न पुगेको हो । पुल भासिएर सहज रुपमा यात्रा गर्न कठिन रहेको सो क्षेत्रमा यात्रा गर्नेहरुले गुनासो गर्ने गरेका छन । यता बासँको पुल वनाएर यात्रा गर्नेहरुसंग पैसा उठाउदै आएका रामसेवक दास पुल वनाउन एक डेढ लाख लागेको र पाँच छ जनालाई राखेर पैसा उठाउने गरेको वताउछन । उनले पुलमा तर्न आउने वाइक साईकलवाला लगायतलाई समस्या पर्दा पुल तार्न सहयोग समेत गर्दै आएको जानकारी दिए ।
२४करोड भन्दा वढी लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित पप्पु लुम्वीनी विल्डर्स जेभीले निर्माण गर्दै आएको पुलको काम अन्तिम चरणमा पुगेको अवस्थामा भासिदा हाल सम्म पनि सो पुल पुन वनाउने काम हुन सकेको छैन । पुल वनाएर निर्माण कम्पनीले जिम्मा लगाइ नसकेको कारण पुन सोही कम्पनीले पहिलेकै सम्झौता अनुसार वनाएर जिम्मा लगाउनु पर्ने वताउदै आएपनि हाल सम्म काम हुन थालेको देखिदैन ।




















