तेह्थुम । तेह्थुम जिल्लाको आठराईमा नवनिर्मित इलाका प्रहरी कार्यालयको उदघाटन गरिएको छ । १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले एक औपचारिक कार्यक्रमका विच इलाका प्रहरी कार्यालय आठराईको उदघाटन गरेका हुन । इलाका प्रहरी कार्यालयको उदघाटन गर्दै  प्रहरी नायव महानिरीक्षक गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने वताए ।cc 1 साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत  गिरीले दिए । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित २ करोड ६९ लाख ५ सय ४५ रुपैयाँको लागतमा निर्माण सम्पन भएको सो अवसरमा जानकारी गराइयो ।  उदघाटन कार्यक्रममा  स्थानीय सरकार  नागरीक समाज , विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख , प्रतिनिधीहरु, संचारकर्मी,  स्थानीयवासीहरु लगायतको उपस्थिति रहेको थियो ।