धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको दुव्र्यवहारप्रति आत्मालोचना नगरेसम्म कार्यपालिका बैठकमा सहभागी नहुने २० वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बताएका छन् । उनीहरुले धरान उपमहानगरपालिकाकै प्रांगरणमा पत्रकार सम्मे्लन गरी यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै धरान उपमहानगरपालिकाका प्रवक्ता एवम् धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई मनोजले कार्यपालिका बैठकमा कार्यपालिका सदस्यमाथि गरेको दुव्र्यहार नसच्याउनजेलसम्म  कार्यपालिका बैठकमा सहभागी नहुने बताएका हुन । उनले नगरप्रमुखले  कार्यशैली परिवर्तन गरी म नभई हामी भन्ने भावनाको विकास नगरेसम्म कार्यपालिका बैठकमा सहभागी नहुने बताएका छन ।aa 

उनीहरुले मेयर साम्पाङले विभिन्न विकास निर्मिाणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएको, बिना निर्णय साबुन उद्योग निर्माण कार्य शुरु गरेको, बीपी पार्कको नाम परिवर्तन गरी बिना निर्णय आफm्नो फोटो राखी श्रम सँस्कृति पार्क नामाकरण गरेको, सामाजिक सञ्जालमा तुच्छ शब्दहरु प्रयोग गर्दै गालीगलौज गर्र्दै प्रस्तुत भएको, जातीय सद्भाव खलबलिने गरी चमारे भन्ने शब्द प्रयोग गरी दक्षित समुदायको आत्मा सम्मानमा चोट पु¥याएको लगायत आरोप लगाएका छन् ।  उनीहरुले कार्यपालिका सदस्य अनुप देवानमाथि गरेको तुच्छ व्यवहारप्रति आत्मालोचना गर्नुपर्ने माग गर्दै आएका छन् । सोही विषयलाई लिएर पटक पटक कार्यपालिका बैठक सञ्चालन हुन सकेको छैन । विहीबार हुने भनिएको कार्यपालिकाको बैठक समेत यही कारणले अवरुद्ध भएको थियो । बिहान ८ बजे समय तोकेर बोलाइएको बैठकमा मात्र ४ जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु उपस्थित भएका थिए । बैठकमा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ६ का भुपेन्द्र भट्टराई मात्र सहभागी थिए । बैठकमा कार्यपालिका सदस्य दिनेश गजमेर र वडा नं १४ बाट प्रतिनिधि भएर आएकी झरना सुनुवार केहीबेर बसेर बाहिरिएका थिए ।