काठमाडौं । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले भन्सार सुरक्षा गस्ती बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा १३ मंसिरमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले मालवस्तुको चोरी पैठारी नियन्त्रणमा खटिएका निकायलाई सुरक्षा गस्ती बढाउन निर्देशन दिएको हो । यस्तो, निर्देशन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको छ ।
समितिले केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिबाट भएका निर्णय कार्यान्वयन गर्न र सो को प्रगति विवरण कार्यालयमा पठाउन समेत भनेको छ ।




















