मारङ । विभिन्न सामाजिक कार्य गर्दै आएको मोरगंको विराटचोकमा रहेको नझरेको फुलहरु नामक संस्थाले भाषा साहित्य कला र सञ्चार क्षेत्रमा आवद्ध चार जनालाई सम्मान गरेको छ । नझरेको फुलहरुले किरण लिम्बु , लक्ष्मी थेवे , यसोदा पराजुली , गणेश पराजुलीलाई सम्मान गरेको हो । गितकार किरण लिम्बू,सञ्चारकर्मी लक्ष्मी थेबे,गायकी यसोदा पराजुली र गायक गणेश पराजुलीलाई विभिन्न विद्यामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको सो अवसरमा जानकारी गराइयो । सम्मानीत व्यक्तित्वहरुलाई १ नम्बर प्रदेश सरकारका  सामाजिक बिकास मन्त्री राजन राई द्वारा सम्मान प्रदान गरियो । सास्कृतिक प्रस्तुति समेतको सो कार्यक्रम गायक ताराप्रकास लिम्बु , गणेश पराजुली र गायिका यशोदा पराजुलीले विभिन्न गितहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए ।