इटहरी । अनलाईनका माध्यमबाट बालबालिकामा हुने यौन र्दुव्यवहार न्युनिकरणमा जोड दिदै सुनसरीको इटहरीमा विद्यालयका शिक्षक तथा अभिभावकहरुलाई सचेतना मुलक अभिमुखिकरण कार्य गरिएको छ । इटहरी उप महानगरपालिकाको समन्वय तथा भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा इटहरी क्षेत्रमा सञ्चालित विद्यालयका शिक्षक तथा अभिभावकहरुलाई अनलाईनका माध्यमबाट हुने बाल यौन र्दुव्यवहार न्युनिकरणका विषयमा सचेतना अभिवृद्धि गरिएको हो ।  कार्यक्रममा सहभागी लक्ष्मी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक प्रभुनारायण चौधरीले अनलाईनका माध्यमबाट हुने बाल यौन र्दुव्यवहार कसरी हुन्छ कसरी न्युनिकरण गर्न सकिन्छ लगायतका विषयहरु जान्ने अवसर पाएकाले विद्यालयबाट त्यस सम्वन्धी विद्यार्थीहरुलाई सचेतना गर्ने वताए । ffg

त्यसै गरी ज्ञानोदय आधारभुत विद्यालयका प्रअ ले पनि विद्यालयका शिक्षक तथा अभिभावकहरुलाई सचेतना कार्यक्रमबाट शिक्षक तथा अभिभावकहरुले सिकका कुराहरुले बालबालिकालाई सचेत गर्न भुमिका खेल्ने विश्वास गरेका छन । 

वाल यौन र्दुव्यवहार न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा विद्यालय , अभिभावक ,विद्यार्थी हुँदै समुदायमा पुरयाउन सकियोस भन्ने उद्धेश्यले सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम संयोजक भरत थापाले जानकारी दिए ।

पछिल्लो समयमा बढ्दो प्रविधिका कारण बालबालिकाहरुमा यौन र्दुव्यवहार हुने क्रम समेत वढी रहेको छ ।