इटहरी । अनाधिकृत रुपमा सार्वजनिक जग्गा मिचेर वनाएका घर टहराहरु नीति नियम अनुसार हटाउने कार्य गरिने इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी गराएका छन । निर्वाचिन भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसंग भेटघाट कार्यक्रम राखेरका नगरप्रमुख पौडेलले विधिविधान अनुसार अनाधिकृत रुपमा सार्वजनिक जग्गा मिचेर वनाइएका घर टहरा भत्काउने जानकारी गराएका हुन ।
उपमहानगरपालिकाका जनप्रनिधिहरु मिलेर काम गरिरहेको वताउदै उनले काठमाडौ र धरानका मेयरहरु को भन्दा बच्चाहरुले समेत भन्ने अनि तपाईको ठाउँ इटहरीको मेयर को भन्दा थाह नपाएको ट्रोल वनिरहेको समेत उनले ठट्यौली पारा सुनाए । कसैको वहकाउमा नलागेर निती नियममा रहेर योजनावद्ध रुपमा काम गर्ने समेत जानकारी गराए । पत्रकार भेटघाट कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरी , वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल , निमित्त प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदी लगायतको उपसिथती रहेको थियो ।




















