पोखरा । कास्की क्षेत्र नं. ३ मा सुरुआतदेखि नै अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा एमालेले अग्रता लिएको छ ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका रामजी बराल तेस्रो स्थानमा छन् ।
मंगलबार बिहान १० बजेसम्मको मतगणनाअनुसार रास्वपाका उम्मेदवार योगराज पौडेललाई पछि पार्दै नेकपा एमालेका दामोदर पौडेल ‘बैरागीले अग्रता लिएका छन ।
बैरागीले ४ हजार ५५१ मत ल्याएका छन् । भने रास्वपका उम्मेदवार पौडेल ४ हजार १८६ मतसहित दोस्रो स्थानमा छन् ।




















