सुनसरी । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उमेद्वाहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी प्रतिबद्धता सार्वजनिक गर्नेदेखि लिएर घरदैलो कार्यक्रमलाई समेत तिब्रता दिएका हुन् । दुई दिन अगाडि नेकपा एमाले र जसपाको गठबन्धनले धरान मा प्रतिबद्धतापत्र सार्वजनिक सँगै सञ्चारकर्मीहरुको सुझाव संकलन गर्ने कार्यक्रम गरेका थीए । यस्तै शुक्रबार बाम लोकतान्त्रीक गठबन्धनका उमेद्वारहरुले पनी धरान १५ को धरान किचनमा प्रतिबद्धता सार्वजनिकसँगै घरदैलोलाई समेत बिब्रता दिएका हुन । प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश १ (१) बाट प्रदेशसभा सदस्यको उमेद्वार नेपाली काँग्रेसका प्रदेश महामन्त्री उमेश थापाले यस क्षेत्रको समग्र विकासका लागि प्रतिवद्धतामा उल्लेख गरेका कुरालाई इमन्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
प्रदेश १ बाट संघीय सांसदको रुपमा उमेद्वारी दिएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मुक्साहाब मेन्याबबोले संविधानको रक्षार्थ पनि यस पटक जनताले सत्ता गठबन्धनलाई जिताउने विश्वास व्यक्त गरे । उनले सो क्षेत्रको शिक्षा, पर्यटन, स्वास्थ्य क्षेत्रलाइ प्राथमिकताका आधारमा क्रमिक रुपमा विकास गर्दै जाने बताएका हुन । दलहरु आफ्नो पक्षमा मतदातालाई प्रभावित बनाउन घर दैलोलाई तिब्रता दिइरहेका छन । नेकपा एमाले तथा जसपाले ले धरान ६ पानबारीलाई घरदैलो केन्द्रीत बनाउदा शुक्रबार सत्ता गठबन्धनका उमेद्वारहरु धरान १५ निराजन बस्तीमा घरदैलोमा व्यस्त रहेका थिए ।




















