सुनसरी । निर्वाचन केन्द्रीत भएर दल तथा स्वतन्त्र उमेदवारहरुले जनता सामु आफुहरु निर्वाचित भए गर्ने कार्यहरुलाई समेटेर प्रतिवद्धता गर्ने गरेका छन । कसैले लिखित त कसैले मौखिक रुपमा मात्र प्रतिवद्धता गर्ने गरेका छन । सुनसरीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उमेदवार रहेका मनोजकुमार मेन्याङबाले पनि आफनो प्रतिवद्धता सार्वजनिक गरेका छन । सुनसरीमा एमालेको राम्रो नेताको पहिचान वनाउन सफल मेन्याङबो एमालेले जनता समाजवादी पार्टीसंग गठवन्धन गरेर सुनसरी क्षेत्र नम्बर १मा जसपा नेता अशोक राईलाई उमेद्वार वनाएपछि विद्रोह गरेर सोही क्षेत्रबाट उमेदवारी दिएका हुन । मेन्याङबो आफनो प्रतिवद्धता सार्वजनिक गर्नेहरुमा अन्य विकासका योजनाहरु समावेश गरेपनि एयरपोष्ट वनाउने विषय भने आफुले नउठाएको वताएका छन । उनले दलहरुले एयरपोट वनाउने भनेर जनताहरुलाई ठगी रहेको र अव एयरपोट वन्ने अवस्था नरहेकाले आफुले त्यसलाई प्रतिवद्धतामा समावेश नगरेको प्रतिक्रिया दिएका छन । 
नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा मेन्याङ्बोले धरानमा एयरपोर्ट नबन्ने भएकोले जग्गाधनीहरुलाई जग्गा फिर्ता गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरेका थिए । यता सुनसरी क्षेत्र नम्बर १ कै एमाले जसपा गठवन्धनका उमेद्वारहरुको सहभागितामा धरानमा एक कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा वोल्दै जसपा नेता तथा सुनसरी क्षेत्र नम्बर १का प्रतिनिधिसभा सदस्य उमेदवार अशोक राईले राजनितिक दलहरुमा विकार रहेको वताएका छन । उनले सवै दलहरुमा असन्तुष्टी र पार्टी छोड्ने विकृती र विकार रहेको छ भन्दै पार्टीहरु सहि छन भन्ने अवस्था नरहेकाले यस प्रकारका विकार र विकृतिहरु सहित पार्टी हाक्नु पर्ने अवस्था रहेको वताएका हुन ।
सोही कार्यक्रममा वोल्दै एमाले जसपा गठवन्धनका सुनसरी क्षेत्र नम्बर १ प्रदेशसभा १का उमेदवार रमेशकुमार बस्नेतले धरानलाई केन्द्रसंग जोड्न तमोर करिडोर , मदनभण्डारी राजमार्ग लगायतले महत्वपुर्ण योगदान गर्ने वताए ।
निर्वाचनको मिति नजिकी रहेको तथा निर्वाचन आयोगले २५ जना भन्दा वढी मानिसहरुको सहभागितामा आमसभा कोणसभा लगायतका कार्यक्रम गर्न पाउने व्यवस्था मिलाएसंगै सुनसरीमा पनि दल तथा उमेदवारहरुले खुल्ला रुपमा कार्यक्रमहरुलाई तिव्रता दिन थालेका छन ।




















