काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले देशमा फाँसीवादी शासन चलिरहेकोले‌ आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचन खारेज गरिनुपर्ने बताए। यो संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएकोले निर्वाचन खारेज गरिनुपर्ने उनले बताए ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित चार दलको संयुक्त चुनावी बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने कुन तानाशाह छान्नका लागि चुनाव गरिँदैछ । पाँच वर्ष लुटेर खान बाहेक अरू केही गर्नसक्ने छैनन् त्यसैले चुनाव बहिष्कार गर्नतर्फ आम जनतालाई आह्वान गर्दछौं।

उनले यो संसदीय व्यवस्था रहेसम्म साम्राज्यवादीहरुको कठपुतली चलिरहने र परिवर्तन सम्भव नहुने बताए । अब वैज्ञानिक समाजवाद चाहिएको छ ।