काठमाण्डौ । आगामि मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई दुई सय वटा गाडी उपहारस्वरूप हस्तान्तरण गरेको छ ।
आज मङ्गलवार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको छ। अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर्नुभएको थियो ।
गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप दुई सय वटा गाडी उपहारस्वरूप दिएको बताउनुभयो । उपहार दिएका गाडीमध्ये एक सय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोग गर्नका लागि दिएको बताए ।
कार्यक्रममा अर्थ मन्त्री शर्माले चुनावका लागि गाडी सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।




















