इटहरी । नेपालीहरुको दोस्रो महान चाड तिहारमा प्रयोग गरिने मखमली र सयपत्री फूल यो वर्ष पनि विभिन्न कारणले नेपाली किसानका खेत र करेशावारीमा आवश्यक अनुसानर नफुलेपछि भारतवाट ठूलो परिमाणमा आयत भएका छन् ।
तिहारको समयमा पुजाअर्चना ,माला र घर सजाउने पनि मखमली र सयपत्रीका पूmल र माला प्रयोग गर्ने गरिएपनि नेपाली किसानका बारीमा आवश्यक अनुसार फूल नफुल्दा भारतीय फुलमै निर्भर वन्नु पर्ने अवस्था आएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर ३मा पनि विगत तीन वर्ष देखि महिलाहरुले समुह वनाएर सयपत्री र मखमली फुलको खेति गर्दै आएका छन तर यस वर्ष फूल रोप्न ढिलो भएको , फुल्ने समयमा वर्षाले क्षति गरेको साथै तिहार विगतको तुलनामा पहिले आएको कारण सोचे अनुसार उत्पादन लिन नसकिएको वताइएको छ । विगत तीन वर्ष देखि तिहारलाई लक्षित गरि फूल खेती गर्दै आएपनि विउ ढिलो गरी आएको , फुल्ने समयमा पानीले समस्या वनाएको र तिहार विगतको तुलनामा चाडो आएको कारण फूल फुली नसकेको सृर्जनशिल कृषि उद्यमी महिला समुहकी सदस्य रेणुका आचार्य वताउछिन ।
सृर्जनशिल कृषि उद्यमी महिला समुहले तिहार लक्षित फूल खेती गरेपनि अहिले मात्र धेरै जसो फूलको कोपिला लागेको देखिन्छ । महिला समुहकी अर्की सदस्य शुभद्रा आचार्य पनि े विउ ढिलो प्राप्त भएको लगायतका कारणले माग अनुसार फूल पुर्याउन सक्ने अवस्था नभएको गुनासो गर्दछिन । उनले फूलको माग धेरै भएपनि समुहमा रहेका सदस्यहरुलाई मात्र पुग्ने र यस वर्ष फूल खेतीबाट घाट हुने अनुमान गरिन ।
स्थानीय समाजसेवी तुलाराम दंगालले विगत तीन वर्ष देखि महिलाहरुले समुह वनाएर फूलको खेती गर्दै आएकोमा स्थानीय सरकारले समेत सहयोग गरे अझ उत्साहित हुने वताउछन । उनले स्थानीय सरकारले अन्य ठाउँका पनि यस प्रकारका काम गर्न सहयोग पुर्याउन तालिम तथा अनुदान उपलव्ध गराउनु पर्नेमा जोड दिए ।
तिहारका लागि फूल र माला किन्ने आउनेहरु फुल र मालाको मुल्य आकासीएको गुनासो गर्दछन । नेपालमा फूल कम फुलेको कारण फूलको माग पुरा नहुने भएपछि पुर्वी नेपालमा भारतबाट ल्याए व्यापारीहरुले विक्रि गर्न थालिएका छन । पुर्वी नेपालमा फूलको व्यवसायी खेती समेत आवश्यक अनुसार नहुने भएको कारण वर्षेनी भारतबाट फूल आयत गरिने गरिएको छ ।




















