धनकुटा । धनकुटामा खटिने म्यादी प्रहरीहरुका लागि उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ ।
ब्रहकुमारी राजयोग सेवा केन्द्र धनकुटा र युथ व्यीङको आयोजनामा म्यादी प्रहरीहरुका लागि उत्प्रेरणा कार्यक्रम गरिएको हो ।
आगामी मंसीर ४ गते हुने संविधानसभा तथा प्रदेशसभाको निर्वाचनका लागि धनकुटा जिल्लामा खटिने चार सय २ जना म्यादी प्रहरीहरुका लागि उत्प्रेरणा कार्यक्रम आयोजना गरियो ।
कार्यक्षेत्रमा खटिदा म्यादी प्रहरीहरुले तनाव नलिउन साथै जिम्मेवारी शान्तिपुर्ण रुपमा सम्पन्न गर्न उत्साह प्रदान गर्न उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको बह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाकी सञ्चालिका निर्मला ढकालले जानकारी दिइन ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीको अध्यक्षतामा भएको उत्प्रेरणा कार्यक्रममा बह्मकुमारी राजयोग सेवा केन्द्रकी निर्मला ढकाल समेतले उत्प्रेरणा सम्वन्धी सहजिकरण गरेका थिए ।




















